सल्यानमा यात्रुवाहक बस दुर्घटना हुदा २३ जना घाईते

दाङ, २२ फागुण । सल्यानमा बस दुर्घटना हुदा २३ जना घाईते भएका छन् । काठमाडौ देखी रुकुमका लागी छुटेको बा ४ ख ५३६३ नम्वरको बस बुधवार विहान पौने ९ वजेतिर सारदा नगरपालिका वडा नम्वर १ चैवाङजिउला भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
बसमा २६ जना सवार भएता पनि २३ जना घाईते भएका छन् । प्रहरीका अनुसार घाईते मध्य सारदा नगपालिका वडा नम्वर १२ का ५० वर्षिय राजकुमार विकको अवस्था गम्भिर भएकाले उनलाई थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको छ । अन्य २२ जना घाईतेको अवस्था सामान्य रहेको उनीहरुको श्रीनगरमा उपचार भईरहेको प्रहरीले बताएको छ । सहचालकले बस चलाएको कारण बस दुर्घटना भएको हो भन्ने घाईतेहरुले भनेता पनि पुष्टि भई नसकेको डिएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् । उनका अनुसार सहचालक फरार रहेका छन् भने चालक प्रहरीको नियन्त्रणमा भएकाले दुर्घटनाको बिषयमा थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २२ गते बुधवार
प्रतिक्रिया