अग्नि पिडित घिमिरेलाई १० लाख आर्थिक सहयोग

तुलसीपुर १६ पुस
तुलसीपुरका अग्नि पिडित भिमप्रसाद घिमिरेलाई विभिन्न संघसंस्थाको पहलमा १० लाख रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । नेपाल राष्ट्रिय बाणिज्य संघले सोमबार एक लाख ११ हजार एक सय एघार रुपैयाँ राहात प्रदान गरेपछि राहत रकम १० लाख पुगेको हो । यस अघि घिमेरेलाई विभिन्न संघसंस्था र व्यक्तिको पहलमा ९ लाख राहत रकम प्रदान गरिएको थियो ।
बाणिज्य संघका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षता एव्म बाणिज्य संघका केन्द्रिय सचिव खगेन्द्रप्रसाद पोख्रेलको प्रमुख आथित्यमा राहत वितरण गरिएको हो । कार्यक्रममा बोल्दै केन्द्रिय सचिव पोख्रेलले घटनाले सिंगो व्यवसयाीलाई दुखि तुल्याएको बताउदै सबैको सहयोगले नै अग्नि पिडित घिमिरेलाई पहिलाकै अवस्थामा ल्याउन सकिने बताउनुभयो ।

विपत्ति बजा बजाएर नआउने भन्दै अपठेरोमा परेका बेला सहयोग गर्नु नै मानवियता भएको बताउदै सचिव पोख्रेलले पुनः जुत्ता पसल संचालनका लागि राष्ट्रिय बाणिज्य संघ सहयोग गर्न तयार रहेको बताउनुभयो । घिमिरेको होलेसेल जुत्ता पसलमा गत मंसिर २८ गते आगलागि हुँदा पाँच करोड बराबरको क्षेति भएको थियो । सो अवसरमा नेपाल राष्ट्रिय बाणिज्य संघ तुलसीपुरका उपाध्यक्ष पदम पोख्रेल ‘जुठुकान्छु’ ले ५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । राहत वितरणमा तुलसीपुर उद्योगबाणिज्य संघका महासचिव रुपबहाुदर खत्री, सल्लाहकार नारायण खनाल, पूर्व उपाध्यक्ष शेवकराम भण्डारी, दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली भण्डारी, राप्ती बबई बहुमुखी क्याम्पसका अध्यक्ष मिनराज वली, व्यवसायीहरु दुर्गा प्रसाद भुसाल, नरेन्द्र कुमार डाँगी मीत्रमणी भण्डारी, लगाएतले आ–आफना धाराना राखेका थिए ।

प्रकाशित मिति : २०७५ पुष १६ गते सोमवार
प्रतिक्रिया