तुलसीपुर, १५ पुस
तुलसीपुरको आर्थिक विकास सम्मेलन २०७५ , तुलसीपुरमा सम्पन्न भएको छ । सुखी जनता, समृद्ध तुलसीपुर भन्ने नारा सहित आर्थिक विकास सम्मेलन सम्पन्न भएको हो । सम्मेलनलाई सम्बोधन गर्दै ५ नंं. प्रदेशका मुख्यामन्त्री शंकर पोखरेलले गाउँ र सहरलाई जोड्न सके मात्रै समृद्धिको ढोका खुल्ने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले सहरका मान्छेलाई गाउँमा गएर रमाउने र खर्च गर्ने वातावरण सृजना गर्नु पर्ने बताउनुभयो । तुलसीपुर क्षेत्र धेरै सम्भावना बोको क्षेत्र भएको चर्चा गर्दै उहाँले उत्तरी तर्फका साना लेकलाई हिल स्टेशन र दक्षिण तर्फको तटीय क्षेत्रलाई रात्रीकालीन सिटीको रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो । ‘बजारमुखी उत्पादनलाई बढवा दिनुपर्छ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘जबकी बजारका मान्छेले त्यहाँको उत्पादीत बस्तु खरिद गर्दा त्यहाँका मान्छेको खल्तीमा पैसा पर्छ । त्यसले सहर बजारलाई अलग हुनबाट जोगाउँछ ।’
सो अवसरमा ५ नंं प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ, विज्ञहरु बाबुराम रानाभाट, विष्णु पुरीले समृद्ध तुलसीपुरको खाका कोरिएका विभिन्न कार्यपत्रहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको आयोजना र महत्वका विषयमा तुलसीपुर उपमहानगरापलिका मेयर घनश्याम पाण्डे प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक वसन्त आचार्यले गर्नु भएको थियो ।