लक्ष्मण विश्वकर्मा , तुलसीपुर, ८ मंसीर ।
दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले कर राज्यको समृद्धिको आधार भएकाले करदाताको आयकर बढि हुुनुपर्ने बताउनु भएको छ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरको आयोजनामा कर समृद्धि नेपाल,सुखी नेपालीको भर भन्ने मुल नाराका साथ सन्चालन गरीएको कर सप्ताहको शुक्रवार तुलसीपुरमा समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले यस्तो बताउनु भएको हो । उहाले करदाताले स्वतस्फुर्त रुपमा कर तिर्नु पर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले करको बृद्धि नभई करको दायरा फराकिलो बनाउदै लैजानु पर्ने धारणा राख्नु भएको थियो । कर दाताकोे संख्या बढे मात्रै राजस्वमा बृद्धि हुने उहाको भनाई थियो ।
यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले करको बृद्धि नभई दायरामा बृद्धि गर्नुपर्ने बताएका थिए ।
साथै उनीहरुले कर तिर्दा अनेकौ झन्झट भएकाले सहज तरिकाले तिर्न सकिने बातावरण मिलाउनु पर्ने सुझाव दिएका थिए । कार्यालयका प्रमुख कर अधिकृत लिला प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा करदाताको तर्फबाट राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भरत बहादुर बुढा,रुकुम पश्चिममा रहेको डिग्रे शाही कुमारी सहकारी संस्थाका कोषाध्यक्ष मोहविर खड्का, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर रावत, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुसाल, अडिटर नेपाल एसोसीयसन तुलसीपुरका अध्यक्ष रमेश केसी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत आनन्द शारु लगाएतले बोल्नु भएको थियो ।
साथै कार्यक्रममा आर्थिक वर्ष ०७३/०७४ मा दाङबाट सवै भन्दा बढि कर तिर्ने राप्ती बचत तथा ऋण सहकारी संस्था दाङ र रुकुम पश्चिममा रहेको डिग्रे शाही कुमारी सहकारी संस्थालाई सम्मान गरीएको छ । यस्तै कर्मचारीहरु नायव सुव्वा राधा खड्का,२०६९ साल देखी कर दिवसका अवसरमा कविता बाचन गर्ने तुलसीपुरका व्यापारी दुर्गाप्रसाद भुसाल लगाएतलाई सम्मान गरीएको थियो ।।