सातौ राष्ट्रिय कर दिवश २०७५ मनाईदै

तुलसीपुर,१ मंसीर ।

सातौ राष्टिय कर दिवश २०७५ को अवसरमा आन्तरीक राजश्व कार्यालय तुलसीपुरले सप्ताह ब्यापि कार्यक्रम तय गरेको छ । जस अन्र्तगत आज मंसीर १ गते तुलसीपुरमा प्रभातफेरी कार्यक्रम को आयोजना गरेको प्रमुख कर अधिकृत लिला प्रसाद शर्माले जानकारी दिएका छन ।

उक्त कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघ,चेम्बर अफ कमर्श लगायतको सहभागिता रहने जनाइएको छ । यस्तै मंसीर २ गते रोल्पामा,३ गते प्युठान,४ गते सल्यान, ५ गते पुर्वि रुकुम र पश्चिममा कार्यक्रम हुने छ । यस्तै मंसीर ६ गते विभिन्न स्कुल र कलेजमा कर शिक्षा कार्यक्रम गर्दै ७ गते तुलसीपुरमा समापन हुने प्रमुख कर अधिकृत शर्माले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७५ मङ्सिर १ गते शनिवार
प्रतिक्रिया