२०८३ साउन १ गते शुक्रवार

आजदेखी कर्मचारीहरुको तलब बढ्यो

फोटो फाईल

काठमाण्डौ, १ साउन । सरकारले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन र महँगीको चापलाई सम्बोधन गर्न तलबमानमा उल्लेख्य वृद्धि गरेको छ । जुन वृद्धि आजदेखि नयाँ आर्थिक वर्ष २०८३र०८४ सुरु भएसँगै कार्यान्वयनमा गएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले गत जेठ १५ मा बजेट भाषण गर्दा कर्मचारीहरूको सुरु तलब स्केलमा १० प्रतिशतले वृद्धि गर्नुभएको थियो। पछिल्लो चार वर्षदेखि कर्मचारीको तलब नबढेको नयाँ सरकारले बृद्धि गरेको हो ।

बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको र कार्यसम्पादनका आधारमा पारिश्रमिक दिने पद्धतिको सुरुवात गर्न थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताउनुभयो । नयाँ व्यवस्थाबाट कर्मचारीहरूले हाल खाइपाइ आएको पारिश्रमिकमा कुल करिब २१ प्रतिशतको वृद्धि भएको छ । यस तलब वृद्धिसँगै निजामती, जङ्गी र शिक्षकहरूको ग्रेडसहितको न्यूनतम तलब करिब ४० हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँभन्दा माथिसम्म कायम भएको छ । अर्थात् तल्लो तहका कर्मचारीको न्यूनतम ४० हजार र उच्च ओहोदामा १ लाखभन्दा बढी हुनेछ ।

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रवार
प्रतिक्रिया