तुलसीपुर, २४ जेठ । दाङको तुलसीपुर क्षेत्रका बासिन्दालाई लक्षित गर्दै सञ्चालनमा आएको तुलसीपुर डटकमले स्थानीय स्तरमा वस्तु तथा सेवाको खरिद–बिक्रीलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यका साथ आफ्नो डिजिटल बजार सेवा विस्तार गरेको छ । स्थानीय समुदायलाई केन्द्रमा राखेर निर्माण गरिएको यस अनलाइन प्लेटफर्ममार्फत प्रयोगकर्ताले विभिन्न वस्तु तथा सेवासम्बन्धी विज्ञापन निःशुल्क रूपमा प्रकाशित गर्न सक्नेछन । सवारी साधन, इलेक्ट्रोनिक्स, घरजग्गा, फर्निचर, फेसन, पुस्तक, खेलकुद सामग्री, सौन्दर्य सामग्री, पाल्तु जनावर तथा अन्य विभिन्न श्रेणीका सामग्रीहरू खरिद–बिक्रीका लागि सूचीकृत गर्न सकिने व्यवस्था गरिएको छ ।
प्लेटफर्मले केवल खरिद–बिक्रीमा मात्र सीमित नभई घर तथा कोठा भाडा, रोजगारीका अवसर, कृषिजन्य उत्पादनको व्यापार तथा स्थानीय सेवाहरूको प्रवद्र्धन जस्ता सुविधासमेत उपलब्ध गराएको छ। यसले स्थानीय व्यवसायी, किसान, सेवा प्रदायक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापना गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ।
सुरक्षित कारोबारलाई प्राथमिकता दिँदै तुलसीपुर डटकममा विज्ञापन प्रकाशित गर्नुअघि फोन नम्बर प्रमाणीकरण अनिवार्य गरिएको छ । यस व्यवस्थाले वास्तविक प्रयोगकर्ताहरूको पहिचान सुनिश्चित गर्दै अनलाइन ठगी तथा गलत सूचनाको जोखिम न्यूनीकरण गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।
त्यसैगरी, प्रयोगकर्ताले बिक्रेता वा सेवा प्रदायकको रेटिङ र समीक्षा हेर्न सक्ने सुविधा पनि उपलब्ध छ । यसले खरिदकर्तालाई विश्वसनीय व्यक्ति छनोट गर्न सहज बनाउनेछ । साथै, इन–एप च्याट प्रणालीमार्फत खरिदकर्ता र बिक्रेताले प्रत्यक्ष संवाद गर्न सक्ने भएकाले कारोबार प्रक्रिया थप सरल र प्रभावकारी हुने बताइएको छ ।
डटकमका अनुसार स्थानीय समुदायलाई एउटै डिजिटल प्लेटफर्ममा जोडेर सुरक्षित, भरपर्दो र पारदर्शी व्यापारिक वातावरण निर्माण गर्नु यसको प्रमुख उद्देश्य हो । आधुनिक प्रविधिको प्रयोगमार्फत स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने लक्ष्यसहित सञ्चालनमा आएको यो प्लेटफर्म तुलसीपुर क्षेत्रका लागि समुदायमा आधारित डिजिटल बजारको रूपमा विकास हुँदै गएको छ ।
स्थानीय उत्पादन, सेवा तथा अवसरहरूलाई प्रवद्र्धन गर्दै समुदायभित्रै आर्थिक गतिविधि विस्तार गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको तुलसीपुर डटकम एपस संचालक कृष्ण आचार्यले बताउनुभयो । तुलसीपुर डटकममा जानका लागि यहाँ क्लिक गर्न सक्नुहुने छ । https://tulsipur.com






