सहकारीबाट समाजका विकृति रोक्न सकिन्छ: नगर प्रमुख पाण्डे

बसन्त परियार,तुलसीपु्र २७ असोज ।
तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेले सहकारीको माध्यमबाट समाजका विकृतिहरु रोक्न सहयोग पुग्ने बताएका छन । समाजका विभिन्न कुसंस्कार र कुरीतिका विरुद्ध पनि सहकारीले भुमिका खेल्नुपर्ने उनले बताएका छन । तुलसीपुर ११ जसपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १०औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेले यस्तो बताएका हुन ।

आर्थिक विकासमा सहकारीको भुमिका उलेख्य रहेको भन्दै समाजीक कार्यमा समेत सहकारी अग्रसर हुनुपर्ने उनले बताएका थिए । उनले समाजमा गरीवि,पछौटेपन,असमानता हटाउन सहकारीको भुमिका हुने उनले बताएका थिए । कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघका सचिब रुप बहादुर खत्रिले सहकारी ऐन प्रति केहि असन्तुष्टि भएपनि संसोधन गरी समस्या समाधान गर्न सकिने बताएका थिए ।

संस्थाका अध्यक्ष बलदेव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपपुर उपमहानगरपालीकाका उपप्रमुख माया आचार्य,वडा नम्बर १२ का वडाध्यक्ष सुर्य बहादुर डागी,संस्थाका संस्थापक अध्यक्ष प्रेम केसी,पुर्व अध्यक्ष टेक बहादुर केसी, वडा नम्बर १२ का सदस्य मान बहादुर खत्रि,श्रीराम कृषि सहकारीका जागेश्वर भण्डारी लगायतले बोलेका थिए ।

सभामा पुर्व कार्यसमतिको तर्फबाट ल्वाम बहादुर सार्कि र लेखा समितिबाट भरत देवकोटा,असल ऋणिबाट शुसिला शाह,असल बचतकर्ताबाट गिता कुसारीलाई सम्मान गरिएको थियो । यस्तै ६५ बर्ष माथिका ४ शेयर सदस्यलाई एक किलो हर्लिस सहित सम्मान गरिएको थियो । सभामा अध्यक्ष आचार्यले प्रगतिप्रतिवेदन र कोषाध्यक्ष हेम बहादुर वलीले २ करोड ७ लाख ४८ हजार ९ सय ५५ रुपैयाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष गोमा बालान क्षेत्रिको स्वागत मन्तव्य बाट सुरु भएको सभाको सहजिकरण सचिब हरी प्रसाद वलीले गरेका थिए । यसैविच,सभाको बन्द सत्रले पुनः बलदेव अचार्यको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । जस्को उपाध्यक्षमा गोमा बालान क्षेत्रि,सचिबमा हरी प्रसाद वली र कोषाध्यक्षमा हेम बहादुर वली रहेका छन । त्यसैगरी सदस्यहरुमा टेक कुमारी डागी,धनिकुमारी विक,सेतु जैसी,जनक केसी,विशाल पोख्रेल,बलदेव रजौरे रहेका छन ।

यस्तै पदम बहादुर वलीको संयोजकत्वमा लेखा समिति र दामोदर बस्नेतको संयोजकत्वमा ऋण परीचालन समिति चयन गरिएको छ । सभाले दशैं पछि शेयर खुल्ला गर्ने, भाका नाघेमा हर्जना ब्याज ८ प्रतिशतका दरले असुल्ने,मासिक व्याज बुझाउने लगायतका निर्णय गरेको छ । संस्थामा १ सय ८७ जना शेयर सदस्यहरु रहेका छन ।।

प्रकाशित मिति : २०७५ असोज २७ गते शनिवार
प्रतिक्रिया