बैशाख, २९ पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रिय सदस्यमा भुवन भुसालले उम्मेदवारी दिनुभएको छ । राप्ती मालबाहक यातायात सेवा प्रालिका अध्यक्ष समेत रहनु भएका भुसालले दाङबाट केन्द्रमा यातायात क्षेत्रको नेतृत्व गर्नका लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो ।
त्यसैगरी तुलसीपुर यातायात प्राली अध्यक्ष श्री पवनराज बुढाथोकीले पनि केन्द्रिय सदस्य र घनश्याम बस्नेतले प्रदेश सचिवमा उम्मेदवारी दिनुभएको छ । बैशाख २७ गतेदेखि सुरु भएको अधिवेशनमा सर्वसहमतिकको अधिकतम प्रयास गरे पनि संभावना नभएपछि निर्वाचनमा जानु परेको महासंघका सल्लाहकार सुरेश हमालले जानकारी दिनुभयो । यसैगरी महासंघको अध्यक्ष पदका लागि २ जना चुनावी मैदनमा छन् । अध्यक्ष पदका लागि पुण्यप्रसाद (सरोज) सिटौला र हरिशरण केसीले उम्मेदवारी दिनुभएको छ । निर्वाचन आज हुँदै छ ।
प्रकाशित मिति : २०८३ बैशाख २९ गते मङ्गलवार


















