२०८३ कार्तिक ७ गते शुक्रवार

आईपीएल क्रिकेटमा चेन्नईद्धारा दिल्ली ८ विकेटले पराजित

फोटो फाईल

काठमाडौ, २३ बैशाख । इन्डियन प्रिमियर लिग -आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराएको छ । दिल्लीमा टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । दिल्लीले दिएको १५६ रनको लक्ष्य चेन्नईले १७ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टायो ।

चेन्नईका सञ्जु सामसनले ५२ बलमा अविजित ८७ रन बनाउनुभयो । । अंक तालिकामा चेन्नई १० खेलमा १० अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ भने दिल्ली समान १० खेलमा ८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे सनराईजर्स हैदरावाद र पञ्जाव किङ्ग्सले खेल्दैछन् ।

प्रकाशित मिति : २०८३ बैशाख २३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।