फोटो फाईल
काठमाडौ, २३ बैशाख । इन्डियन प्रिमियर लिग -आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराएको छ । दिल्लीमा टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । दिल्लीले दिएको १५६ रनको लक्ष्य चेन्नईले १७ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टायो ।
चेन्नईका सञ्जु सामसनले ५२ बलमा अविजित ८७ रन बनाउनुभयो । । अंक तालिकामा चेन्नई १० खेलमा १० अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ भने दिल्ली समान १० खेलमा ८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे सनराईजर्स हैदरावाद र पञ्जाव किङ्ग्सले खेल्दैछन् ।
प्रकाशित मिति : २०८३ बैशाख २३ गते बुधवार


















