२०८३ कार्तिक ८ गते शनिवार

दाङमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु, फरार चालक पक्राउ

दाङ, १८ बैशाख ।  दाङको घोराही उपमहानगरपालिका–१७ रामपुर चोक नजिक मोटरसाइकलको ठक्करबाट एकजना अन्दाजी ६०–६५ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख १६ गते राति करिब १० बजेको समयमा नम्बर नखुलेको मोटरसाइकलले ती पुरुषलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएकोमा उपचारकै क्रममा सोहीदिन राति १२ बजेको समयमा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल र चालक फरार रहेको अवस्थामा प्रहरीले खोजतलास गर्दै जाँदा मिति १७ गते हिजो दिउँसो साढे ३ बजेको समयमा चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ बंगलाचुली गाउँपालिका–३ मुलाबारी बस्ने ३० वर्षीय प्रेमलाल नेपाली रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८३ बैशाख १८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।