खाद्य संस्थान तुलसीपुरबाट सहुलियत दरमा चामल विक्री

बसन्त परियार, तुलसीपुर २३ असोज ।
खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले सहुलियत दरमा खाद्यान्न विक्रि गर्न सुरु गरेको छ । बडा दशैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै खाद्यान्न विक्रि गर्न सुरु गरिएको हो । असोज १७ गते देखि खाद्यान्न विक्रि गरिरहेको सुचना अधिकारी नकुुल चौधरीले जानकारी दिएका छन । सरकारले अन्यत्र जिल्लामा सहुलियतमा विक्रि गर्न चामल पठाएपनि दाङमा पहिलो पटक पठाएको हो ।

चाडपर्वको समयमा चामल किन्ने सर्बसाधरणलाई केहि सहुलियत होस भनेर सरकारले यस्तो थालेको हो । जसअनुसार सोना मन्सुरी चामल प्रतिकिलो छुट सहित ४१ रुपैया र जिरा मसिनो चामल प्रतिकिलो छुट सहित ५१ रुपैयमा विक्रि भैरहेको सुचना अधिकारी चौधरीले जानकारी दिएका छन । “सरकारले अन्यत्र पठाउथ्यो तर यसबर्ष यँहा पनि पठाउन सुरु गर्यो” चौधरीले भने ।

यसबर्ष सहुलियत दरमा बेच्नका लागि पाँच सय क्वीण्टल चामल कोटा छुट्याइएको उनले जनाएका छन । कार्तिक २७ गते सर्वसाधरणले चामल लिन सक्ने छन । कार्यालयले चामल लिन कार्यालयमा सिधै आउन सक्ने जनाएको छ । सरकारले चाडपर्वको अवसरमा सहुलियत दरमा चामल पठाएको यो पहिलो पटक हो ।

प्रकाशित मिति : २०७५ असोज २४ गते बुधवार
प्रतिक्रिया