२०८२ चैत्र २० गते शुक्रवार

एसियन कप छनोटमा नेपाल पराजित

काठमाण्डौँ, १८ चैत ।  एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग १–० ले पराजित भएको छ । यसअघि पहिलो लेगमा लाओससँग २–१ ले पराजित नेपालले हिजो लाओसको नेशनल स्टेडियममा भएको खेलमा पनि जीत निकाल्न नसकेको हो । नेपाल छनोटबाट यसअघि नै बाहिरिसकेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ४८औं मिनेटमा लाओसले गोल गर्यो ।

त्यही गोल नै खेलमा निर्णायक भयो । नेपाली टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाका लागि पहिलो खेल नै सुखद हुन सकेन । लाओसले ६ अंक जोडेको छ भने नेपाल ३ अंकसहित छनोटबाट बाहिरिएको छ । मलेसिया कारबाहीमा पर्दा नेपालले ३ अंक पाएको हो ।।

प्रकाशित मिति : २०८२ चैत्र १८ गते बुधवार
प्रतिक्रिया