२०८३ कार्तिक ८ गते शनिवार

एसियन कप छनोटमा नेपाल पराजित

काठमाण्डौँ, १८ चैत ।  एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग १–० ले पराजित भएको छ । यसअघि पहिलो लेगमा लाओससँग २–१ ले पराजित नेपालले हिजो लाओसको नेशनल स्टेडियममा भएको खेलमा पनि जीत निकाल्न नसकेको हो । नेपाल छनोटबाट यसअघि नै बाहिरिसकेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ४८औं मिनेटमा लाओसले गोल गर्यो ।

त्यही गोल नै खेलमा निर्णायक भयो । नेपाली टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाका लागि पहिलो खेल नै सुखद हुन सकेन । लाओसले ६ अंक जोडेको छ भने नेपाल ३ अंकसहित छनोटबाट बाहिरिएको छ । मलेसिया कारबाहीमा पर्दा नेपालले ३ अंक पाएको हो ।।

प्रकाशित मिति : २०८२ चैत्र १८ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।