२०८२ चैत्र २० गते शुक्रवार

राखेपद्धारा अखिल नेपाल फुटबल संघका नेतृत्वलाई निलम्बन

फोटो फाईल

काठमाडौ,११ फागुन । राष्ट्रिय खेलकुद परिषद् -राखेप)ले अखिल नेपाल फुटबल संघ -एन्फा) नेतृत्वलाई निलम्बन गरेको छ ।पटकपटक दिएको निर्देशन पालना नगरेपछि राखेप कार्यकारी समितिको चैत ११ गते बुधबारको बैठकले खेलकुद विकास नियमावली २०७७ को दफा २९ को -२) लाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको हो ।

उक्त बुँदामा कुनै संघले परिषद्ले दिएको निर्देशन पालना नगरेमा त्यस्तो संघलाई तीन महिनासम्मका लागि निलम्बन गर्न सक्ने उल्लेख छ । योसँगै पंकज विक्रम नेम्बाङ नेतृत्वको एन्फा ३ महिना निलम्बनमा परेको हो ।‘विद्यमान ऐन, कानुन र संघको स्वीकृत विधान बमोजिम गर्नु पर्ने विषयहरु कार्यान्वयन गर्नका लागि नियमक निकायबाट पटक पटक दिइएको लिखित निर्देशन कार्यान्वयन गरी राष्ट्रिय कानुनको पालना गर्ने भन्दा आफु आवद्ध रहेको अन्तराष्ट्रिय सस्थाबाट भएको निर्देशन पालना गर्नु पर्ने विषयलाई बाध्यात्मक र अनिवार्यता देखाएर राष्ट्रिय कानुनको प्रधानताको सिद्धान्तलाई अवमूल्यन गर्ने मनसाय देखियो’ राखेपले भनेको छ ।

राष्ट्रिय खेलकुद परिषदवाट स्वीकृत विधानको परिधि भित्र रही विधानले तोकेका प्रावधान एवंम् कानून बमोजिम प्राप्त दायित्व र जिम्मेवारीलाई अक्षरश परिपालना गर्नुपर्ने संस्थाले आफुलाई स्वायत्त संस्थाको रुपमा परिभाषित गरी परिषदबाट माग गरेबमोजिम चित्त बुझ्दो जवाफ प्राप्त नभएको राखेपको ठहर छ ।

प्रकाशित मिति : २०८२ चैत्र ११ गते बुधवार
प्रतिक्रिया