बीबीसी,७ चैत्र । मध्यपूर्वमा जारी तनावले अब आर्थिक रूपमै ठूलो झट्का दिन थालेको छ । इरानले अमेरिकी सैन्य अखडाहरूमा गरेको आक्रमणका कारण केवल दुई सातामै करिब ८० करोड डलर (झन्डै सवा खर्ब रुपैयाँ) बराबर क्षति भइसकेको छ ।
सबैभन्दा ठूलो झट्का कहिले ?
अमेरिका र इजरायलको आक्रमणपछि इरानले गरेको तीव्र प्रतिकारमै सबैभन्दा बढी क्षति भएको देखिन्छ । यही समय युद्धको सबैभन्दा संवेदनशील चरण बनेको थियो । विश्लेषकहरूका अनुसार, यो क्षति सुरुमा अनुमान गरिएकोभन्दा निकै बढी हो । सीएसआईएसका विज्ञ मार्क कान्किआन भन्छन्, “क्षतिको वास्तविक आकार अझै स्पष्ट छैन—अहिले देखिएको भन्दा अझ ठूलो हुन सक्छ ।”
प्रकाशित मिति : २०८२ चैत्र ७ गते शनिवार




