तुलसीपुर, ६ फागुन । तुलसीपुरका व्यवसायीले नेकपा एमालेका उम्मदेवारसंग छलफल गरेका छन् । आर्थिक गतिविधि सशक्त बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र निजी क्षेत्रसँग सहकार्य बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै दाङ क्षेत्र नं ३ का उम्मेदवार घनश्याम पाण्डेले साना तथा मझौला व्यवसायलाई प्राथमिकतामा राखी कर प्रणालीलाई सरल र पारदर्शी बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले उद्योग, पर्यटन र कृषि क्षेत्रमा लगानी विस्तार गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी समानुपातिक उम्मेदवार कोमल वलीले महिला उद्यमशीलता प्रवद्र्धन, युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने योजना तथा स्थानीय उत्पादनको बजारीकरणमा राज्यको भूमिका सुदृढ गर्ने विषयमा आफुले जोड दिने बताउनुभयो । निजी क्षेत्र र सरकारबीच सहकार्य भएमा आर्थिक समृद्धि हासिल गर्न सकिने समेत बताउनुभयो । त्यसैगरी अन्तरकृया कार्यक्रमा नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंका केन्द्रिय सदस्य टोप बहादुर घर्तीले व्यवसायीक सुधार र स्वस्थ प्रतिस्पर्धाका लागि नीतिगत स्थायित्व र लगानी सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरूले कर भार, बैंक ऋणको उच्च ब्याजदर, बजार व्यवस्थापन तथा पूर्वाधार विकासका विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए । नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंको तुलसीपुरका अध्यक्ष पदपोख्रेल (जेठूकान्छु ) अध्यक्षता एवम् समानुपातिक उम्मेदवार कोमल वलीको प्रमुख आथितिथ्यमा कार्यक्रम भएको थियो । महासंघका उपाध्यक्ष नरेन्द्र डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बिमला शर्माले गर्भनुएको थियो ।








