२०८३ बैशाख ११ गते शुक्रवार

टी–२० विश्वकप : इटालीसँगको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै

फोटो फाईल

काठमाण्डौ,२९ माघ । आईसीसी टी–२० विश्वकपमा इटालीसँगको खेलमा नेपालले टस हारेको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा इटालीका कप्तान ह्यारी म्यानेन्टीले टस जितेर बलिङ रोजेका छन् ।आजको खेलमा नेपालका ललित राजवंशीले टी–२० विश्वकपमा डेब्यु गर्दैछन् । उनी शेर मल्लको ठाउँमा टोलीमा परेका हुन् ।

प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । यस्तै इटाली पहिलो खेलमा इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो । समूह ‘सी’ मा नेपाल चौथो र इटाली पुछारमा छन् ।टी–२० विश्वकपमा आज भएको पहिलो खेलमा ओमानलाई १०५ रनले हराउँदै श्रीलङ्काले लगातार दोस्रो जीत हासिल गरेको छ । आजै तेस्रो खेलमा बेलुकी सवा ७ बजे भारत र नामिबिया खेल्दैछन् ।

प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बिहिवार
प्रतिक्रिया