२०८३ कार्तिक ७ गते शुक्रवार

चिनमा ‘स्क्याम’ गिरोहका ११ जनालाई मृत्युदण्ड

फोटो फाईल

काठमाडौ, १५ माघ । चीनले म्यानमार सीमावर्ती क्षेत्रमा अनलाइन ठगी र आपराधिक साम्राज्य चलाउने माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्ड दिएको छ। झेजियाङ प्रान्तको अदालतले सेप्टेम्बरमा मिंग परिवारका सदस्यहरूलाई हत्या, अवैध नजरबन्द, ठगी र जुवा घर सञ्चालन जस्ता विभिन्न अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको थियो।

चीनको सर्वोच्च अदालतले प्रमाणहरू पर्याप्त र निर्णायक रहेको भन्दै मृत्युदण्डको फैसलालाई अन्तिम रूप दिएको हो।दक्षिण पूर्वी एशियामा बढ्दो साइबर अपराध र मानव तस्करी विरुद्ध चीनले चालेको यो अहिलेसम्मकै कडा कदम मानिएको छ।

स्क्याम सेन्टरहरूमा तस्करी गरी ल्याइएका मानिसहरूलाई बन्धक बनाएर विश्वभरका मानिसहरूलाई ठग्न प्रयोग गरिन्छ।हालैका महिनाहरूमा चीनले म्यानमार र अन्य छिमेकी देशहरूसँग मिलेर हजारौँ यस्ता अपराधीहरूलाई पक्राउ गरी चीन फिर्ता ल्याएको छ।

प्रकाशित मिति : २०८२ माघ १५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।