२०८३ कार्तिक ८ गते शनिवार

राष्ट्रिय लिग फुटबलमा मच्छिन्द्रको लगातार चौथो जीत

फोटो फाईल

काठमाण्डौ,१४ माघ । चित्लाङ एफसीलाई हराउँदै मच्छिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा लगातार चौथो जीत हासिल गरेको छ ।ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा मच्छिन्द्रले चित्लाङलाई ३–१ गोलले हरायो । मच्छिन्द्रका प्रदीप बुढाथोकी, जोनाथन जोरिल्ला र अल्जोन अलिजोनोभले गोल गर्नुभयो । चित्लाङका विज्ञान खड्काले गोल गर्नुभयो।

मच्छिन्द्रले ४ खेलमा १२ अङ्क जोडेको छ । प्रतियोगितामा चित्लाङले चार खेलमा दोस्रो हार बेहोरेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् ।

सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।