२०८३ कार्तिक ८ गते शनिवार

मैत्रीपूर्ण फुटबलका नेपाली यू–२० महिला टोली घोषणा

फोटो फाईल

काठमाण्डौ,१३ माघ । चाइना युनानको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलका लागि २० वर्षमुनिको नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ ( एन्फा)ले आज मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय टोली घोषणा गरेको हो । मैत्रीपूर्ण फुटबल आउँदो शनिवार काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएको खेलले नेपाली महिला युवा टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने एन्फाले जनाएको छ । खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरूसमेत आयोजना हुनेछ । खेलका लागि चिनियाँ टोली पर्सि नेपाल आइपुग्नेछ ।

प्रकाशित मिति : २०८२ माघ १३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।