२०८३ कार्तिक २६ गते बिहिवार

राष्ट्रियसभा सदस्य निर्वाचन अपडेट : लुम्बिनी प्रदेशमा २३० मत खस्यो

तुलसीपुर, ११ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनको लागी लुम्बिनी प्रदेशको घोराहीमा मतदान भईरहेको छ । विहान ९ बजेदेखी सुरु भएको मतदानमा दिउँसो १२ बजे सम्म २३० जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय घोराहीले जानकारी दिएको छ । कार्यालयका सुचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार प्रदेश सांसद ६७ जना र स्थानिय तहका १६३ जना गरी अहिले सम्म २३० मत खसेको छ ।

यस अघि लुम्बिनी प्रदेश सभा सदस्य ८७ र स्थानिय तहका प्रमुख तथा उपप्रमुख एवंम अध्यक्ष तथा उपाध्यक्ष २१८ गरी जम्मा कुल मतदाता ३०५ भएपनि अहिले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी कतिपयले पदबाट राजीनामा दिएको तर यसको विवरण आफुहरु संग नभएको कुंवरले जानकारी दिनु भएको छ ।

प्रदेशबाट राष्ट्रियसभा सदस्यमा तिन पदका लागी आठ जनाले निर्वाचनमा भाग भाग लिएका छन् । खुल्लातर्फ नेपाली कांग्रेसका चन्द्र बहादुर केसी, राष्ट्रिय जनमोर्चाका बोम बहादुर खत्री र नेपाली कुम्युनिष्ट पाटीका बृहस्पती अधिकारी रहनु भएको छ । यस्तैगरी महिला कलस्टरतर्फ नेपाली कम्युनिष्ट पाटीका दुर्गा कुमारी भण्डारी, राष्ट्रिय जनमोर्चाका पद्या पण्डित र नेकपा एमालेबाट राम कुमारी झाक्री उमेदवार रहनु भएको छ । यस्तै अपाङगता तथा अल्पसंख्यक समुहबाट दुई जना उमेदवार रहेका छन् । जसमा नेपाली कांग्रेसका बासुदेव घिमिरे र नेपाली कम्युनिष्ट पाटीका सर्जन विक रहेको कार्यालयले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशबाट खुला, महिला र अपाङ्गता समुह गरी तीन जना राष्ट्रिय सभा सदस्यको लागी चुनाव हुन लागेको हो । फागुन २० गतेदेखि पदावधि सकिन लागेका एमालेका गोपाल भट्टराई (खुला), विमला घिमिरे (महिला) र माओवादीका जगप्रसाद शर्मा (अपाङ्गता)को ठाउँमा नयाँ सदस्यका लागी मतदान भईरहेको छ । प्रदेशमा कुल मतभार ८,७५३ रहेको छ । जसमा कांग्रेसको ३,१७९, एमालेको २,८१० र नेपाली कम्युनिष्ट पाटी गठबन्धनको २,६८६ मतभार छ ।

प्रकाशित मिति : २०८२ माघ ११ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।