तुलसीपुर, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी दाङ निर्वाचन क्षेत्र नम्वर ३ मा १७ जनाले उमेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका सहायक निर्वाचन अधिकृत टिका कुमारी रोकाले दिएको जानकारी अनुसार यो समाचार तयार पार्दा सम्म विभिन्न दल र स्वतन्त्र गरी १७ जनाले मनोनयन दर्ता गराएका छन् ।
नेपाली काग्रेसको तर्फबाट निवर्तमान सांसद दिपक गिरी, नेकपा एमालेबाट तुलसीपुर उपमहानगरपालिका निवर्तमान मेयर घनश्याम पाण्डे, नेपाली कम्युनिष्ट पाटीबाट धनबहादुर मास्की , रास्वपाबाट कमल सुवेदी, राष्टिय जनमोर्चाबाट कमला जिसी, नेपाल कम्युनिष्ट पाटी (माओवादी)बाट बल बहादुर वली, श्रम संस्कृति पाटीबाट टोप बहादुर महतरा, राष्टिय प्रजातन्त्र पाटीबाट दामोदर भण्डारी, नेश्नल रिपब्लीक नेपालबाट प्रितम चौधरी,प्रगतिशिल लोकतान्त्रिक पाटीबाट घनश्याम डाँगी र मंगोल नेशलन अर्गनाईजेसनबाट घनश्याम चौधरीले उमेदवारी दर्ता गराउनु भएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जानकारी दिएका छन ।
यस्तैगरी स्वतन्त्रबाट गोपाल वली, भरत परियार, यम बहादुर बस्नेत, सुरेस नेपाली, ईन्द्र बहादुर बस्नेत र महेस डाँगीले उमेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता आज विहान १० बजेदेखी वेलुकी पाँच बजेसम्म समय निर्धारण गरिएको छ ।



