२०८३ भाद्र १० गते बुधवार

साफ पुरुष फुटसलमा नेपाल र भारतबीच बराबरी

काठमाण्डौं,४ माघ । साफ पुरुष फुटसल च्याम्पियनशिपमा  नेपालले आफ्नो दोस्रो खेलमा भारतसँग बराबरी खेलेको छ । थाइल्यान्डको बैंककमा रहेको नोन्थाबुरी रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले ३–३ गोल गरेका छन् । खेलमा नेपालले तीन पटक अग्रता लिए पनि बराबरीमा रोकिन पुग्यो । योसँगै दुवै टोलीले १–१ अङ्क बाँडेका छन् । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई २–१ गोलले हराएको थियो ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो । प्रतियोगितामा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलङका र आयोजक थाइल्यान्ड) बाट पुरुष र महिला टोली सहभागी छन् ।

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतवार
प्रतिक्रिया