२०८३ कार्तिक ८ गते शनिवार

आजदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता शुरूहुँदै

काठमाडौ, ३० पुस । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता शुरू हुँदैछ ।प्रतियोगिताको उद्घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लबले खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्स, सातदोबाटो ललितपुरमा बिहान ११ बजे शुरू हुनेछ । राष्ट्रिय लिगमा ए डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लिगका चार टोली गरी १७ टोली सहभागी छन् ।

एन्फाले गएको आइतवार सार्वजनिक गरेको खेलतालिका अनुसार आज भगवती क्लब र चर्च ब्वाइज युनाइटेड क्लबबीच पनि खेल हुनेछ । यो खेल दिउँसो ३ बजे शुरू हुनेछ । सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।

राष्ट्रिय लिगका खेलहरू दशरथ रंगशाला, च्यासल रंगशालामा र एन्फा कम्प्लेक्समा हुनेछन् । राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ पुष ३० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।