२०८२ चैत्र २५ गते बुधवार

तुलसीपुरस्थित अरनिको मैदानमा १५ लाखमा बन्दै गरेको सार्वजनिक शौचालय

तुलसीपुर, २३ पुष ।   दाङको तुलसीपुरस्थित अरनिको मैदानमा निर्माण गर्न लागिएको सार्वजनिक शौचालय अलपत्र परेको छ । २०८१ सालको मंसिर २२ गते काँग्रसे नेता दीपक गिरीले तामझामका शिलान्यास गरेको शौचालय अहिले अलपत्र परेपछी चौतर्फी गुनासो सुरु भएको छ । । सरकारले अरनिको मैदानमा शौचालय निर्माण गर्न चासो नदिएको भन्दै तुलसीपुर नगर जेसिजले शौचालय निर्माणको काम अगाडी बढाएको थियो । तुलसीपुर नगर जेसीजले अरनिको मैदानमा शौचालयको समस्या रहेकोले अत्याधुनिक सुविधा सम्पन्न शौचालय निर्माण गर्ने बताएको थियो । सिलन्यासका क्रममा शौचालय निर्माण समितिका संयोजक मोहन सुनारले करिब १५ लाख रुपैयाँको लागतमा शौचालयको निर्माण हुने बताउनुभएको थियो । अरनिको खेल मैदानमा शौचालय निर्माण हुने भएपछि विशेषगरी खेलाडीलाई शौचालयको समस्या सहज हुने अपेक्षा गरिएको थियो । तर, अहिले १ बर्ष बितिसक्दासमेत निर्माणले गति लिन नसक्दा यसको बिरोध सूरु भएको छ ।

तुलसीपुरको मुटुमा रहेको यो खेल मैदानमा खेलकुदका लागि आउने खेलाडी देखी कुनैपनी कार्यक्रममा सहभागिता जनाउने व्यक्तीहरुलाई शौच गर्नु परे अन्यत्र होटेल वा रेस्टुरेन्टमा जानु पर्ने बाध्यता छ । मैदानमा दर्शकका लागि बसेर हेर्ने व्यवस्थित ठाउँ समेत छैन । २०२८ सालमा खेलकुद विकासका लागि भनेर अरनीको मैदान बनाइएको थियो । तर, अहिलेसम्म मैदानमा गतिलो सौचालय नभएको गुनासो व्यापक छ । गतबर्ष जेसिजले निर्माण गर्न थाले पछी खुसी भएका खेलागी तथा अन्य व्यक्तीहरुसमेत अहिलेसम्म सौचालय अलपत्र हुदा निराश हुन थालेका छन् । यता तुलसीपुर नगर जेसिज बर्ष २०२५ का अध्यक्ष शन्दिप भुषालले भने अबको केही दिनमा अरनिको मैदानमा रहेको सौचालय सञ्चालनमा आउने दाबी गर्नुभएको छ । विविध कारणले ढिलाई हुन गएको भन्दै उहाँले अब काम सुरु हुने बताउनुभयो ।।

प्रकाशित मिति : २०८२ पुष २३ गते बुधवार
प्रतिक्रिया