तुलसीपुर, २२ पुष । दाङको तुलसीपुरमा रहेको बेलझुण्डी संस्कृत विश्वविद्यालयका उप–कुलपतीमाथी कुटपिट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ सुन्दरनगर टोलका ३९ वर्षीय सेर बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार यही पुष ६ गते ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिको निवासमा जबर्जस्ती प्रवेश गरी उपकुलपति, उपकुलपतिको स्वकिय सचिव तथा नेपाल संस्कृत विश्वविद्यालय कार्यालयका सामान्य प्रशासन शाखा प्रमुख र विश्वविद्यालयका प्रगतिशील कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्षसमेतलाई अपमानजनक तथा अमानवीय व्यवहार गरी उनी फरार भएका थिए ।
खोजी गर्दैै जाने क्रममा पुष १८ गते तुलसीपुर उपमहानगरपालिका–१ सिमलतराबाट उनलाई mाउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका परियारमाथि दाङ जिल्ला अदालतबाट अपमानजनक तथा अमानवीय व्यवहार मुद्दामा ७ (सात) दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।।



