२०८३ भाद्र ११ गते बिहिवार

नेपालले आज १९ वर्षमुनिको एशियन कपमा यूएइसँग खेल्दै

काठमाण्डौँ, १५ मंसिर ।  १९ वर्षमुनिको एशियन प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल यूएईको कारवान मैदानमा बिहान पौने ११ बजे हुनेछ । अस्ति मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो ।

मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७ ओभर ५ बलमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । त्यस्तै, ओमानलाई पराजित गर्दै यूएई फाइनलमा पुगेको हो । १९ वर्षमुनिको एशिया कप आउँदो डिसेम्बरमा यूएईमै हुने छ । फाइनलमा पुगेका नेपाल र यूएई दुवै टोली आउँदो एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट भइसकेका छन् ।।

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते सोमवार
प्रतिक्रिया