२०८२ मङ्सिर १९ गते शुक्रवार

तुलसीपुरका व्यवसायीहरुलाई मिलेर अघि बढ्न आग्रह

तुलसीपुर, १० मंसीर । दाङको तुलसीपुरका व्यवसायीहरुलाई मिलेर अघि बढ्न एक कार्यक्रमका वक्ताहरुले आग्रह गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर घरेलु दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनिहरुले तुलसीपुरको आर्थिक समृद्धि र विकासका लागि मिल्नुको विकल्प नभएको बताएका हुन् ।

प्रत्येक वर्ष तुलसीपुरमा संचालन हुने मेला महोत्सवको विषयलाई लिएर व्यवसायीहरुका बीचमा आपसमा विवाद उत्पन्न हुँदा त्यसले बारिह सकारात्मक सन्देश पनि नजाने र समग्र तुलसीपुरको हितमा पनि नहुने भएकाले व्यक्तीगत स्वार्थबाट माथि उठ्न बक्ताहरुले आग्रह गरेका थिए । महोत्सवका विषयलाई लिएर यसअघि यस क्षेत्रमा तुलसीपुर उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सका विचमा ठूलो विवाद भएको थियो । यद्यपी यस अघि पनि विभिन्न संघसंस्थाले लगाउन थालेको मेला रोकिएका थिए भने केही क्लबहरुले पनि मेला लगाउन थालेपछि विवाद भएको थियो ।

यस वर्ष नेपाल घरेलु तथा साना उद्योग महासंघले मेला लगाउनका लागि स्वीकृत पाएपछि व्यवसायीहरुका विचमा महोत्सव लगाउने सयमयावधीका विषयमा अन्यौलता सृजना भएको छ । घरेलु महासंघले मंसीर ११ गतेदेखि मेला लगाउनका लागि स्वीकृती पाएपनि फेन्सी व्यवसायीहरुको आग्रहका कारण मेला एक महिना पछि सार्ने तयारी गरेको अध्यक्ष लालबहादुर केसीले बताउनुभयो ।

तुलसीपुर–१६ को औद्योगिक ग्राममा आयोजीत कार्यक्रममा फोहरबाट पलाष्टिजन्य वस्तुका लागि कच्चा पदार्थ उत्पादन गर्ने उद्योग संचालनका लागि शिलान्यास समेत गरिएको थियो । तुलसीपुर उपमहानगरपालिकाका आर्थिक समितिका संयोजक माधव वलीको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खडकाको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो ।

सोअवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेत, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, तुलसीपुर उपमहानगरपालिका–७ का वडा अध्यक्ष रामबहादुर जिसी, १६ का वडा अध्यक्ष शिवानन्द डिसी, चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सन्तोष खडका, राजश्व शाखा प्रमुख पुष्पलता घर्ती, व्यवसायी रविन्द्र विक्रम केसी लगायतले आ–आफना भनाइ राख्नु भएको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया