२०८३ भाद्र १० गते बुधवार

एशियन कप छनोटमा नेपाल सिरियासँग पराजित

काठमाण्डौँ, ७ मंसिर ।  एएफसी १७ वर्षमुनिको एशियन कप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल सिरियासँग पराजित भएको छ । म्यानमारको याङ्गुमा रहेको थुवुन्ना रङ्गशालामा हिजो भएको खेलमा सिरियासँग नेपाल ४–२ गोलअन्तरले पराजित भएको हो । समूह ‘जी’मा रहेको नेपालले भोलि ओमानसँग खेल्ने छ ।

त्यसपछि नेपालले अफगानिस्तानसँग र घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । समूह विजेता आउँदो वर्ष साउदी अरेबियामा हुने एशियन कपका लागि छनोट हुनेछ ।।

प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया