२०८३ कार्तिक ८ गते शनिवार

एशियन कप छनोटमा नेपाल सिरियासँग पराजित

काठमाण्डौँ, ७ मंसिर ।  एएफसी १७ वर्षमुनिको एशियन कप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल सिरियासँग पराजित भएको छ । म्यानमारको याङ्गुमा रहेको थुवुन्ना रङ्गशालामा हिजो भएको खेलमा सिरियासँग नेपाल ४–२ गोलअन्तरले पराजित भएको हो । समूह ‘जी’मा रहेको नेपालले भोलि ओमानसँग खेल्ने छ ।

त्यसपछि नेपालले अफगानिस्तानसँग र घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । समूह विजेता आउँदो वर्ष साउदी अरेबियामा हुने एशियन कपका लागि छनोट हुनेछ ।।

प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।