२०८३ कार्तिक ८ गते शनिवार

एनपीएल क्रिकेटमा कर्णालीसँग लुम्बिनी पराजित

काठमाण्डौँ, ६ मंसिर ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई हराएको छ । लुम्बिनीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२ ओभर २ बलमा १ विकेट गुमाएर भेटाएको हो । कर्णालीका मार्क वाटले शतक बनाउनुभयो । उहाँले ४४ बलमा अविजित १ सय १४ रन बनाउनुभयो ।

यस्तै विलियम बोसिस्टोले अविजित २९ रन बनाउनुभयो । लुम्बिनीका शेर मल्लले १ विकेट लिनुभयो । कर्णाली आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई ६ विकेटले हराएको थियो । आजै दिउँसो साढे ३ बजेपछि काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबीच खेल हुँदैछ ।।

प्रकाशित मिति : २०८२ मङ्सिर ६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।