२०८३ भाद्र ११ गते बिहिवार

एसियन कप छनोटमा नेपाल पराजित

काठमाण्डौँ, ३ कात्तिक ।  एसियन कप छनोटमा नेपाल मलेसियासँग १–० गोलले पराजित भएको छ । मलेसियामा हिजो भएको खेलमा घरेलु टोलीका लागि फैसल हलिमले गरेको गोल नै निर्णायक भयो । दशरथ रंगशालालाई एसियन फुटबल महासंघ (एएफसी) ले अयोग्य ठहर गरेको कारण मलेसियासँगको घरेलु खेल खेल्न नेपाली टोली मलेसिया पुगेको थियो ।

पहिलो लेगमा नेपाल मलेसियासँग २–० ले हारेको थियो । नेपालले छनोटसहित लगातार आठौं खेलमा जित निकाल्न सकेन । गएको मार्चमा सिंगापुरलाई १–० ले हराएपछि नेपालले ५ खेलमा हार र तीन खेलमा बराबरीको नतिजा निकालेको छ ।।

प्रकाशित मिति : २०८२ मङ्सिर ३ गते बुधवार
प्रतिक्रिया