२०८३ भाद्र १० गते बुधवार

नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले आज राजस्थानसँग खेल्दै

काठमाडौँ, २७ कात्तिक ।  भारतमा रहेको नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले आज राजस्थानसँग खेल्दैछ । खेल देहरादुनको आयुस क्रिकेट एकेडेमीमा हुनेछ । उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा आजदेखि आउँदो मङ्सिर ३ गतेसम्म हुने खेलका लागि टोली अस्ति भारत गएको हो । नेपाली महिला टोलीले देहरादुनमा स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपालले भारतको राजस्थान, पश्चिमबङ्गाल र उत्तराखण्डसँग ६ खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रिय सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । विश्वकप क्रिकेट छनोटको तयारीका लागि महिला टोली भारत गएको हो । नेपाली टोलीले भोलि उत्तराखण्डसँग, पर्सि पश्चिमबङ्गालसँग, मङ्सिर १ गते राजस्थानसँग, मङ्सिर २ गते उत्तराखण्डसँग र अन्तिम खेल मङ्सिर ३ गते पश्चिम बङ्गालसँग खेल्नेछ ।।

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया