काठमाण्डौँ, ३० असोज । टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले हराउँदै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । यो सँगै नेपालले छनोट उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । हिजोको खेलमा नेपालले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १३ रनमा समेटिएको हो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । यो खेलअघि नै नेपाल सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने पुरुष टी–२० विश्वकपका लागि छनोट भईसकेको छ । विश्वकपमा २० टोली सहभागी हुनेछन् । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको थियो । नेपालको यो तेस्रो पटकको विश्वकप यात्रा हो ।।
प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार





