काठमाण्डौ, २८ असोज । आज सुनचाँदीको भाउमा कीर्तिमान कायम भएको छ । सुनको भाउ एकैदिन आठ हजार एक सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको दुई लाख ४० हजार चार सय रुपैयाँ थियो ।आज चाँदीको भाउमा पनि कीर्तिमान कायम भएको छ । चाँदीको भाउ एकैदिन एक सय पाँच रुपैयाँले बढेर तोलाको तीन हजार तीन सय २५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार दुई सय २० रुपैयाँ थियो ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।