२०८२ असोज २५ गते शनिवार

नेपालले आज एशियन कप छनोटका लागि भियतनामसँग खेल्दै

काठमाण्डौ, २३ असोज ।  एएफसी एशियन कप छनोटका लागि नेपालले आज भियतनामसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुकी पौने ७ बजे शुरु हुनेछ । भियतनामसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली भियतनाम पुगिसकेको छ । एशियन कप छनोटमा नेपालले आउँदो २८ गते मङ्गलवार पनि भियतनामसँग खेल्नेछ ।

नेपालले ‘होम म्याच’ त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्नुपर्ने हो । तर दशरथ रङ्गशाला अयोग्य रहेका कारण नेपालले ‘होम’ र ‘अवे’ दुवै खेल भियतनाममा नै खेल्नेछ । प्रशिक्षक म्याट रसले भियतनामसँगको दुई खेलका लागि किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया