
काठमाडौँ, १४ असोज । अर्थमन्त्री रामेश्वर खनाल गैरकानूनी रूपमा पूर्वपदाधिकारीहरूले उपभोग गर्दै आएका सुविधा फिर्ता गर्ने अभियान अघि बढाइरहेका छन् ।
उक्त अभियानअन्तर्गत पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सवारी साधन फिर्ता गरेको अर्थमन्त्री खनालले जानकारी दिएका छन् । यसअघि अर्थ मन्त्रालयले कानुनी आधारबिनै राज्य कोषबाट सुविधा लिइरहेका राजनीतिक र कर्मचारीका पूर्वपदाधिकारीमा निगरानी बढाएको जनाएको थियो ।
प्रकाशित मिति : २०८२ असोज १४ गते मङ्गलवार