
दाङ, १३ असोज । हाम्रो शिक्षा निर्माण भन्दा पनि ध्वस्त गर्न तर्फ उद्धत भएकाले एकपटक गम्भिर समीक्षा गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । “जेनजी आन्दोलनलाई लक्षित गर्दै वक्ताहरूले हाम्रा उत्पादनहरू निर्माण भन्दा पनि किन आगजनी, तोडफोड र हिंसा तर्फ अग्रसर भए ? हामीले कस्तो शिक्षा दियौँ ? कस्तो संस्कार सिकायौँ ? एकपटक समीक्षा गरौँ र आफूलाई पारसकृत गरौँ ।” वक्ताहरूले भने
नेशनल प्याब्सन दाङले तुलसीपुरमा आयोजना गरेको दशैँ मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले अर्काको घरमा आगो झोसेर रमाउँदा त्यही आगो आफै घरमा पनि झोसिएको भए के हुनेथियो भन्ने तर्फ सोच्न आग्रह गरे । विजयादशमी र बली प्रथाको प्रसङ्ग उल्लेख गर्दै वक्ताहरूले सधै सत्यको मार्ग अँगाल्नु र काम, क्रोध, लोभ, मोह तथा अहंकार जस्ता खराब बिचारलाई त्याग्नु नै दशैको मुख्य सन्देश भएको बताए ।
नेश्न प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्याब्सनका केन्द्रिय सदस्य विमल गौतम, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, प्याब्सनका पूर्व केन्द्रिय सदस्य भिमबहादुर बुढाथोकी, प्याब्सनका पूर्व जिल्ला अध्यक्ष प्रेम नेपाली, प्याब्सनका नगरकमिटी अध्यक्ष लोकेन्द्र खडका, तुलसीपुर जेसिजका अध्यक्ष सन्दिप भुसाल लगायतले आआफ्ना धारणा राख्नु भएको थियो ।
सो अवसरमा डिभाइन टेम्पल स्कुलका छात्रा जिबा बुढाथोकीले नृत्य प्रस्तुत गर्नुभएको थियो । इन्दिरा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन प्याब्सन दाङका सदस्य कुलदिप गौतमले गर्नुभएको थियो ।