२०८३ जेष्ठ २४ गते आइतवार

डेडिकेटेड र ट्रंकलाइन बक्यौता बुझाउने म्याद कार्तिक २ सम्म

काठमाडौँ, १३ असोज । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन मार्फत् विद्युत् आपूर्ति लिएका उपभोक्ताले बुझाउनुपर्ने बक्यौता महसुलको समयसीमा सच्याएको छ।

असोज १२ गते प्रकाशित सूचनामा महसुल बुझाउने अन्तिम म्याद २१ दिन भनिए पनि त्रुटि भएको भन्दै प्राधिकरणले नयाँ मिति कार्तिक २ गतेसम्म तोकेको हो । प्राधिकरणका अनुसार तोकिएको अवधिभित्र व्यापारीहरूले बक्यौता महसुल भुक्तानीको प्रक्रियामा आउनुपर्नेछ । यस अवधिमा सार्वजनिक बिदाका दिनमा समेत महसुल संकलन काउन्टर खुला रहने र विद्युतीय माध्यमबाट पनि भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्राधिकरणले उपभोक्तालाई कार्तिक २ गतेभित्रै बक्यौता बुझाउन आग्रह गर्दै संशोधित सूचना जारी गरेको छ । यद्यपि, व्यापारीहरूले भने प्राधिकरणले जबरजस्ती महसुल असुल गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रकाशित मिति : २०८२ असोज १३ गते सोमवार
प्रतिक्रिया