२०८३ मङ्सिर ९ गते बुधवार

यातायात कार्यालय तुलसीपुरको सेवा ८ गतेदेखि सुरु हुने

तुलसीपुर, ७ असोज । यातायात व्यवस्था कार्यालय तुलसीपुरले आगजनी र तोडफोडका कारण रोकिएको सेवा पुनः सुचारु हुने जनाएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी, भवन तोडफोड, लुटपाट र चोरीजस्ता घटना भई सम्पूर्ण सेवा अवरुद्ध भएको थियो । तर, कार्यालयले सूचना जारी गर्दै असोज ८ गते बुधबारदेखि सेवा पुनः सुरु हुने जनाएको हो ।

कार्यालय प्रमुख टोपेन्द्रबहादुर केसीले जारी गरेको सूचनामा सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक नविकरण), सवारी जाँचपास नविकरण, बाटो ईजाजत नविकरण र पटके सेवा सुचारु हुने उल्लेख गरिएको छ ।

कार्यालयले सम्बन्धित सेवाग्राहीलाई निर्धारित मितिदेखि नियमित सेवाका लागि सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।