
काठमाडौँ, ४ असोज । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) अन्तर्गत महिला क्लब च्याम्पियनसिप डिसेम्बर ५ देखि २० तारिखसम्म नेपालमा हुने भएको छ।
च्याम्पियनसिपमा पाँच देशका पाँच क्लबको सहभागिता रहनेछ। बङ्गलादेशको नस्रिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बङ्गाल एफसी, नेपालको एपिएफ फुटबल क्लब र पाकिस्तानको कराची फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।
नेपालमा खेलिने रङ्गशालाको निर्णय भने अझै टुङ्गो लागेको छैन।
प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार