२०८३ मङ्सिर ९ गते बुधवार

तुलसीपुर राजस्व कार्यालयका सेवा आइतबारदेखि पुनः सुचारु

तुलसीपुर, ३ असोज । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले भदौ २४ गते भएको तोडफोड र आगजनीका कारण ठप्प परेको सेवा पुनः सुचारु भएको जानकारी सार्वजनिक गरेको छ। आइतबारदेखि कार्यालयले प्रदान गर्ने सेवा तुलसीपुर उद्योग वाणिज्य संघको भवनमार्फत सञ्चालन हुने भएका छन्।

कार्यालयका प्रमुख कर अधिकृत श्रीधर टण्डनले सम्बन्धित सबै करदाताहरू र सरोकारवालाहरूलाई सूचित गर्दै, अब सेवाहरू नियमित रूपमा उपलब्ध हुने बताउनुभएको छ। उहाँका अनुसार, करदाताले भौतिक उपस्थितिमा आम्दानीकर, व्यवसाय कर, मूल्य अभिवृद्धि कर लगायतका सबै सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।