२०८२ असोज २५ गते शनिवार

एएफसीले गर्यो एन्फामाथि कारबाही

काठमाडौं, १ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन तथा आचारसंहिता समितिले कारबाही गरेको छ।

गत अगस्ट २१ मा बसेको समितिको बैठकले एएफसी फुटसल एसियन कप इन्डोनेसिया २०२६ को छनोटबाट नाम फिर्ता लिएको भन्दै एन्फामाथि कारबाही गर्ने निर्णय गरेको हो। प्रतियोगिताको नियमअनुसार नाम फिर्ता खेल सुरु हुनुभन्दा १०६ दिनअघि मात्र गर्न पाइन्छ। तर एन्फाले यो नियम तोडेपछि कारबाही भएको हो। गल्ती स्वीकार गरेसँगै एन्फालाई अर्को संस्करणको फुटसल एसियन कपमा भाग लिन नपाउने र १० हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्ने निर्णय भएको छ।

एन्फाले यो जरिवाना सेप्टेम्बर २० भित्र बुझाउनुपर्नेछ। यसबीचमा सुरु हुन लागेको फुटसल एसियन कप छनोटमा ३१ देश आठ समूहमा प्रतिस्पर्धा गर्दैछन्, जसबाट आयोजक इन्डोनेसिया सहित १६ टोली छनोट हुनेछन्।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया