२०८३ मङ्सिर ९ गते बुधवार

आन्दोलनमा चोरी भएका सामान फिर्ता गर्न उच्च सरकारी वकीलको आग्रह

तुलसीपुर, ३० भदौ । दाङको तुलसीपुरमा रहेको उच्च सरकारी वकील कार्यालयले आन्दोलनका क्रममा चोरी भएका सामान फिर्ता गरिदिन सार्वजनिक रूपमा अनुरोध गरेको छ। भदौ २३ र २४ गतेको आन्दोलनका बेला कार्यालयमा तोडफोड तथा आगजनीपछि चोरी भएका ती सामान फिर्ताका लागि यस्तो आग्रह गरिएको हो।

कार्यालयका निमित्त सहन्यायाधिवक्ता नगेन्द्र लम्सालद्वारा जारी गरिएको सूचनामा, कम्प्युटर, ल्यापटप, प्रिन्टर, हार्डडिक्स, कुर्सी, टेबल, र फ्रिज लगायतका सामग्री चोरी भएको उल्लेख छ। कार्यालयले सामाजिक सञ्जालमा देखिएका तस्बिर र भिडियो, सीसीटीभी फुटेज, र प्रत्यक्षदर्शीको भनाइका आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचान भइसकेको जनाएको छ।

चोरी भएका सामानहरू तुरुन्त फिर्ता गर्न वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन कार्यालयले अनुरोध गरेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र दोषीलाई चाँडै नै कानुनी दायरामा ल्याउने तयारी गरेको जनाइएको छ।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।