२०८३ साउन २८ गते बिहिवार

मुलुकभर बैंक र वित्तीय संस्था पूर्णरूपमा सञ्चालन

काठमाडौँ, २९ भदौ। मुलुकभरका बैंक तथा वित्तीय संस्था आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएका छन्। जेनी आन्दोलनका कारण प्रभावित बैंकिङ सेवा आइतबारदेखि सुचारु भएको हो।

नेपाल बैंकर्स संघका अनुसार बैंकका सबै कार्यालय सञ्चालनमा आएका छन् भने आन्दोलनबाट क्षति पुगेका शाखा कार्यालय र एटिएमहरू पनि चाँडै सञ्चालनमा आउने तयारी भइरहेको छ। शुक्रबारसम्म बैंकहरू आंशिकरूपमा मात्रै सञ्चालनमा थिए। यसैबीच नेपाल राष्ट्र बैंकका गभर्नर प्रा।डा। विश्वनाथ पौडेलले बैंकर, निजी क्षेत्रका व्यवसायी र उद्योगीसँग छलफल गरेका छन्। उनले बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिसँग पछिल्लो घटनाक्रमले पारेको असरबारे विचार विमर्श गरेका थिए।

गभर्नर पौडेलले बैंकरहरूसँग छुट्टै छलफल गर्दै आन्दोलनबाट क्षति व्यहोरेका व्यवसायीहरूलाई सहुलियत दिने योजना र सम्भावित प्याकेजबारे छलफल गरेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार
प्रतिक्रिया