काठमाडौं, २९ भदौ। बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा भने वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु २ लाख १५ हजार १०० कायम भएको छ, जुन गत शुक्रबारको तुलनामा रु ७०० ले कम हो। त्यसैगरी, प्रतितोला चाँदीको मूल्य रु २ हजार ५७० पुगेको छ, जुन गत शुक्रबारको तुलनामा रु ५ ले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुन ३ हजार ६४३ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार





