सेयर बजार असोज २ गतेसम्म बन्द रहने

काठमाडौं, २७ भदौ। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले असोज २ गतेसम्म सेयर बजार बन्द रहने जनाएको छ। नेप्सेले जारी गरेको सूचनामा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९० उपदफा १ खण्ड घ अनुसार ४ दिनका लागि कारोबार बन्द गरिएको उल्लेख छ।

यसअघि मंगलबारदेखि बिहीबारसम्म बजार बन्द गरिएको थियो। नियमावलीअनुसार प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिर परिस्थिति आएमा बोर्डको सिफारिसमा अधिकतम ५ दिनसम्म बजार बन्द गर्न सकिने व्यवस्था छ।

लगानीकर्ताबीच बजार खोल्नुपर्ने वा बन्द राख्नुपर्ने विषयमा मत विभाजित छ। अधिकांश लगानीकर्ता वर्तमान अस्थिर परिस्थितिमा बजार खोल्दा नकारात्मक प्रभाव बढ्ने भएकाले बन्द अवधि लम्ब्याउनुपर्नेमा छन्।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया