दाङको बेलझुण्डीमा एम्बुलेन्समाथि तोडफोड, चालकमाथि हातपात

तुलसीपुर, २६ भदौ। दाङको बेलझुण्डीमा सुत्केरी बिरामी बोकेर फर्किँदै गरेको एम्बुलेन्समाथि तोडफोड गरिएको छ। तुलसीपुर बजारबाट बिरामी छोडेर फर्किने क्रममा युवाहरूको समूहले एम्बुलेन्समाथि आक्रमण गरेको एम्बुलेन्स चालक जीवन बुढाले जानकारी दिनुभयो।

उहाँका अनुसार बुधबार दिउँसो करिब २ बजे, अक्कासी भन्ने स्थान नजिकै बेलझुण्डीमा केही युवाहरूले एम्बुलेन्स रोकेर बुलबुक माग गरेका थिए। बुलबुक देखाएपछि मात्र गाडी छाडिएको भए पनि त्यसअघि एम्बुलेन्समा तोडफोड भएको उहाँले बताउनुभयो।

रा १ च ५१२ नम्बरको उक्त एम्बुलेन्सको अगाडिको सिसा फुटाइएको छ भने चालक जीवन बुढामाथि हातपात समेत गरिएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २६ गते बिहिवार
प्रतिक्रिया