दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंबर १२ को सितलपुर स्थित शिव मन्दिरलाई व्यवस्थित गर्न नसक्दा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न समस्या भइरहेको छ ।बबइ नदी, सितलपुर र बखरिया जोड्ने मोटरेबल पुल, शिव मन्दिर, मन्दिर परिसरको सामुदायिक वनको हरियाली, बखरियाका कृषकहरुले खेती गरेको व्यवसायिक कृषि खेती लगायतका दृश्यले सबैको मन लोभ्याउने गर्दछ । तरपनि मन्दिरलाई व्यस्थापन गर्न नसक्दा व्यवसायिक रुपमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिएको छैन ।
जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिएको छैन । पर्यटकको आकर्षणको केन्द्र बनाउन नसक्दा आर्थिक, सामाजिक र पर्यटकीय हिसावले ओझेलमा पर्दै गएको छ ।यसलाई कसरी हुन्छ व्यवस्थित गर्ने योजनामा वडा सरकार लागि परेको जानकारी दिनुभयो ।
यस्तै सितलपुर घाटमा रहेको शवदाह गृहलाई पनि व्यस्थितगर्न नसक्दा मलामीहरुलाई समस्या हुने गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको वडा नंबर ५,६,१०,११,१२,१३ लगायत विभिन्न स्थानका नागरिकहरु शवको अन्त्यष्टिका लागि सो स्थानमा जाने गर्दछन् । शवदाह गृह व्यवस्थित हुन नसक्दा भने वर्षातको समयमा नागरिकले समस्या भोग्नु पर्ने बाध्यता रहेको छ ।
वडाअध्यक्ष खुशीराम चौधरी आफैलाई पनि शवदाह गृह व्यवस्थित हुन नसकेको महशुस भैरहेको बताउनु भयो । व्यवस्थापन गर्ने सोच रहेको भन्दै उहाँले वडाको तर्फबाट योजना बनाइरहेको बताउनु भयो । व्यवस्थापनका लागि केही समस्या भैरहेको भएपनि यो चालु आर्थिक वर्ष २०८२र०८३ मा शवदाह गृहलाई जसरी भएपनि व्यवस्थित बनाउनु पर्ने बताउनु भयो ।।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।