
काठमाण्डौ, ७ भदौ । साफ १७ वर्षमूनीको महिला च्याम्पियनसिपमा नेपालले भूटानलाई २–१ गोलले हराएको छ । भूटानको थिम्पुमा हिजो भएको खेलमा भुटानले पहिलो हाफमा अग्रता बनाए पनि नेपालले दोस्रो हाफमा दुई गोल गरेको थियो । घरेलु टोलीले खेलको ४२औं मिनेटमा गोल गरेको थियो । त्यसपछि नेपालले खेलको ५८औं मिनेटमा बराबरी गोल र ७६औँ मिनेटमा थप गोल गर्यो ।
नेपालका लागि दुवै गोल साहारा लिम्बुले गर्नुभयो । दोस्रो खेलमा नेपालको यो पहिलो जीत हो । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ७–० गालले हारेको थियो । अब नेपालले भोलि आइतवार बङ्गलादेशसँग खेल्नेछ । यो प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् ।।
प्रकाशित मिति : २०८२ भाद्र ७ गते शनिवार