२०८३ बैशाख १ गते मङ्गलवार

गुलरीयाको शिव पार्वति मन्दिरमा श्रीङगारीक महाआरतिको तयारी

घोराही २१ दाङ । घोराही उपमहानगरपालिका–१७ गुलरीयामा अवस्थित राधाकृष्ण तथा शिव पार्वति मन्दिरमा आगामी श्रावण १ गतेदेखि महिना भर चल्ने शिव महापुराण तथा श्रीङगारीक महाआरति आयोजना हुने भएको छ । आज मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द गोराथोकीको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । बैठकका अनुसार घोराही–१७ गुलरीयास्थित मन्दिर परिसरभित्र रहेको सहिद स्मारक तथा साँस्कृतिक संग्राहालय पार्क र शिव पार्वति तथा राधाकृष्ण मन्दिर व्यवस्थापनको योजना घोराही उपमहानगरपालिकाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई आधार मानी अघि बढाइने भएको छ । यसै योजनाको एक भागका रूपमा धार्मिक र साँस्कृतिक गतिविधिहरूलाई प्रोत्साहित गर्न शिव महापुराण तथा श्रीङगारीक महाआरति आयोजना गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोराथोकीले जानकारी दिनुभयो ।

अध्यक्ष गोराथोकीका अनुसार श्रावण महिनाभरि सञ्चालन हुने महापुराण तथा महाआरति कार्यक्रममा पं. सन्तोष श्यामचरणको मुखारविन्द बाट कथा बाचन हुने छ भने विभिन्न क्षेत्रका पुरोहित, भजनमण्डली र भक्तजनको सहभागिता रहनेछ। साथै धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले समेत यो कार्यक्रमलाई व्यापक बनाइने योजना छ। समितिले कार्यक्रमका लागि आवश्यक तयारी, समन्वय र प्रचारप्रसार गर्ने तयारी समेत गरेको छ। मन्दिर व्यवस्थापन समितिले घोराही क्षेत्रका सम्पूर्ण श्रद्धालु, भक्तजन र सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई पुण्य कमाउनका साथै धार्मिक, सांस्कृतिक एवं सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने आह्वान गरेको छ ।

कार्यक्रमलाई सफल बनाउन गोबिन्द गोराथोकीकै संयोजकत्वमा मूल आयोजक समिति समेत गठन गरिएको छ। जसको सह संयोजकमा विकासनगर टोल बिकास संस्थाका अध्यक्ष बेचन ओली रहनुभएको छ भने सचिवमा दीपक वली र कमल ओली रहनुभएको छ । यस्तै कोषाध्यक्षमा बसन्त बुढाथोकि , सह कोषाध्यक्षमा बुद्धिकला पोख्रेल र टोपनारायण बन्जाडे रहनुभएको छ भने सदस्यहरुमा इन्द्रकुमार ओली ,दामोदर केसी , भोजबहादुर थापा ,भक्तबहादुर खत्री ,राम चौधरी, दीपक चौधरी, मानबहादुर बस्नेत , चित्रबहादुर बस्नेत , गिरबहादुर बुढाथोकी ,पलवान थापा, रामबहादुर बन्जाडे , निमानन्द अर्याल ,पदम ओली ,मदन केसी ,राधा केसी ,सरिता शर्मा, मानबहादुर खड्का ,भरत अधिकारी ,एम प्रसाद अधिकारी, दिप बहादुर खत्री ,खुशलराम पुन, बुद्धिबहादुर केसी ,सुशील सुवेदी ,रमेश केसी, देवराज अधिकारी र हरिप्रसाद भुसाल रहनुभएको छ । आवश्यकता अनुसार उप समिति समेत गठन गरीने अध्यक्ष गोराथोकिले जानकारी दिनुभयो

प्रकाशित मिति : २०८२ असार २१ गते शनिवार
प्रतिक्रिया